एम्बाप्पे गम्भिर घाइते

एजेन्सी। फुटबलका विश्व चर्चित खेलाडी केलियन एम्बाप्पे गम्भिर घाइते भएका छन्। फ्रेन्च कपको फाइनल खेलका क्रममा एम्बाप्पेको दायाँ खुट्टामा चोट लागेको हो।

सेन्ट एटिनेबिरुद्धको खेलमा उनलाई चोट लागेको हो। उक्त खेलमा एम्बाप्पेको टोली विजयी भएको थियो। एक्काइस वर्षीय एम्बाप्पे घाइते भएपछि रुँदै मैदानबाट बाहिरिएका थिए। उनको क्लब पीएसजीले एम्बाप्पेको चोट गम्भिर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा राख्ने जनाएको छ।

पीएसजीले जुलाई ३१ मा फ्रेन्च लिग कपको फाइनल तथा अगस्त १२ मा सिरि ए क्लब एटलान्टासित च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्नेछ। एम्बाप्पेले यस याममा ३३ खेलमा २९ गोल गरिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाली रेस्लर डेविडले चीनमा रेस्लिङ खेल्ने