ब्राजिलका राष्ट्रपतिले जिते कोरोना

काठमाण्डौँ। ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। उनले गत असार २३ गते आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका थिए।

यसअघि कोरोना भाइरसको औषधी भन्दै हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो।

यस्तै कोरोना भाइरसको सङ्क्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा समेत दिएका थिए।

अन्य सम्बन्धित समाचार:  रुसमा एकैदिनमा साढे ११ हजार कोरोना सङ्क्रमित