बाख्रा चराउन गएका दुई बालिका मृत भेटिए

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ हरकठवामा बाख्रा चराउन गएका दुई बालिका मृत भेटिएका छन्। मृत भेटिनेमा १३ वर्षीया अन्जली महतो र १० वर्षीया आरती महतो रहेका छन्। दुवै जना शनिबार बाख्रा चराउन गएका थिए।

साँझसम्म घर नफर्किए पछि उनीहरुको खोजी गर्दा स्थानीय प्रकाश महतोको नयाँ बनाउँदै गरेको माछा पोखरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मदन कुँवरले बताए। दुवैको कपडा र चप्पल पोखरी छेउमा भेटिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहद्वारा सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन