वेपत्ता बालक मृत भेटिए

दार्चुला। पहिरोमा परी वेपत्ता भएका बालक मृत भेटिएका छन्। नौगाड गाउँपालिका–२ सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना मृत भेटिएका हुन्।

घरबाट सदरमुकाम खलंगा आउने क्रममा महाकाली नगरपालिका—२ बडाली गाउँमा पहिरोमा पुरिएका थिए। उनको शव मालवेलामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।

अन्य सम्बन्धित समाचार:  अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण, बीचमै छोडेर हिँडे