दुर्घटनामा छोराको मृत्यु, बुबा घाइते

हेटौँडा। मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको मनहरी–९ खरङ्गामा आइतबार बिहान ट्रक सडकबाट ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्। चालक लक्ष्मीनारायण राजका बुबा हुन्। बाराबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अनियन्त्रित भई सडकबाट खसेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रहरीले सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने