कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४६ पुग्यो

पर्सा। वीरगन्जमा कोरोना भाइरसको संकमणबाट एक जनाको मृत्यु भएको छ। वीरगन्जको आदर्शनगरका एक पुरूषको आइतबार बिहान कोरोनाबाट ज्यान गएको हो।

मुटुका रोगी उनमा कोरोना भाइरसको लक्षण देखापरेपछि उपचारका लागि गण्डक अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई अति सघन कक्षमा भर्ना गरिएको थियो। उनको आइसियुमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा मदन उपाध्यायले बताए।

वीरगन्जमा मात्रै कोरोनाबाट हालसम्म ३ जनाको मृत्यु भइसकेको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ। कोरोनाबाट हालसम्म १८ हजार ४८३ जना संक्रमित भएका छन्।

अन्य सम्बन्धित समाचार:  फागुन २२ वा २३ मा संसद बैठक बस्ने