रञ्जन कोइरालाको मुद्दा आज सुनवाइ हुँदै

काठमाडौँ। सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनबारे आइतबार सुनुवाइ हुँदैछ। न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चले सुनुवाइ गर्ने भएको छ।

तीन न्यायाधीशको बेन्चले पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय गर्नेछ। पुनरावलोकन नगर्ने फैसला गरे यो विषयले विश्राम पायने छ। पुनरावलोकन हुने निर्णय गरे पूर्ण इजलासमा जानेछ। पत्नी हत्यामा दोषी ठहर भइ जन्मकैदको फैसला पाएका कोइरालालाई ११ वर्ष पहिला नै सर्वोच्च अदालतले जेलमुक्त गर्ने फैसला गरेको थियो।

उक्त फैसला गलत भएको दाबीसहित पुनः विचार गर्न माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएको थियो। पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो।

अन्य सम्बन्धित समाचार:  छोरा जन्मेपछि बलात्कार आरोपित पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए । त्यसपछि कोइराला बिहीबार मुक्त भएका हुन्।