सुनको मूल्य अहिलेसम्मकै बढी

काठमाडौँ। सुनको मूल्य अहिलेसम्मकै बढी भएको छ। आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार प्रतितोला सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य ५ सय रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ थियो।

पछिल्लो समय सुन चाँदीको मूल्य लगातार बढिरहेको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सेयर बजार ८० अंकले घट्यो