काठमाडौं।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको बुझिएको छ। प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको छ।