घरायसी विवादमा श्रीमानले गरे आत्महत्या

काठमाडौं।

घरायसी विवादमा श्रीमानले आत्महत्या गरेका छन्। चितवनको माडीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जनाए। गएराति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका ३३ वर्षीय धने विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । माडी नगरपालिका–९ प्याउलीका विकले २९ वर्षीया श्रीमती शोभा विकलाई विवादका क्रममा खुर्पा प्रहार गरेका थिए।

 

अन्य सम्बन्धित समाचार:  नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी