प्रहरी कार्यालय विराटनगरमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर। प्रदेश नं. १  प्रहरी कार्यालय, विराटनगरमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराटनगर र धरानमा गरिएको परीक्षणको क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको बुझिएको छ। पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको बताईएपनि त्यहाँका अधिकारीहरुले थप खुलाउन चाहेनन्।

यसअघि झापाको भारतीय सीमावर्ती नाका काँकरभिट्टा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। ।

अन्य सम्बन्धित समाचार:  ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’