करेन्ट लागेर महिलाको मृत्यु 

बैतडी।
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका वडा नम्बर ९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको तारमा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक साउदले बताए।

अन्य सम्बन्धित समाचार:  भीरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा बालिकाको मृत्यु