कर्णाली प्रदेश: ८ जना बालबालिकासहित ३१ जनामा कोरोना भाइरस



सुर्खेत। पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित कर्णाली प्रदेशमा थपिएका छन्। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमित २८ जना दैलेख, दुईजना सल्यनका र एकजना सुर्खेतको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ६ मा २ र ८ वर्षीय २ जना बालक, ५ देखि १३ वर्षसम्मका ४ जना बालिका, ३३ देखि ३८ वर्षसम्मका ३ पुरुष र ३० र ३२ वर्षका २ जना महिलमा संक्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर १० मा २ वर्षका एक बालक, ३ वर्षीया एक बालिका, २३ देखि ६३ वर्षसम्मका ८ जना पुरुष र २० देखि २५ वर्षसम्मका ३ जना महिलामा संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  पर्सामा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

दुल्लुकै वडा नम्बर १२ का २२ देखि ३० वर्षका ३ जना पुरुष र ५५ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, सुर्खेतको चिङ्गाड गाउँपालिकाका एक जना र सल्यानको कुमाख गाउँपालिकाका दुईजना रहेका छन्।