नेकपा विवादः दाहाल–नेपाल समूह बहुमतको आधारमा निर्णय गर्ने तयारीमा

Prabhu Bank

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद यतिवेला उत्कर्षमा छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीचको पटक पटकको भेटवार्ताले कुनै निकास दिन सकेको छैन। दुई नेताबीच एक्लाएक्लैको भेटवार्ता कुनै निचोडमा पुग्न सकिरहेको छैन।

Saftey Pads

अध्यक्ष दाहाल र अर्का नेता माधव कुमार नेपालबीच पनि दिनहुँ छलफल हुने गरेको छ। तर के गर्ने भन्नेबारेमा उनीहरु पनि एकमत हुन सकिरहेका छैनन् । दाहाल–नेपाल समूहले सोमबारको छलफलबाट बहुमतका आधारमा पार्टीको समितिबाट निर्णय गर्ने योजना बनाएको छ। दाहाल–ओली समूह ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउन चाहन्छ । तर ओली भने कुनै एउटा पदबाट समेत अलग हुन चाहन्नन्।

ओलीले यस्तो अवस्थामा महाधिवेशनको नयाँ प्रस्ताव दाहाल–नेपाल सामु राखेका छन्। उक्त प्रस्तावबाट दाहाल–नेपाल समूह झस्केको छ। नेकपाको सचिवालय र स्थायी समितिको बैठकले समस्या पार लगाउन सकेको छैन। मंगलबार बस्ने स्थायी समिति बैठकबाट जसरी पनि कुनै न कुनै निर्णय गर्ने सोच दाहाल–नेपाल समूहको छ। तर ओली भने स्थायी समितिको बैठक जसरी पनि सार्ने रणनीतिमा जुटेको श्रोतले बतायो।

अन्य सम्बन्धित समाचार:  महेन्द्रनगरमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निष्क्रिय

मंगलबारको बैठक कुनैपनि हालतमा स्थगित नगरी सहमतिको आधार समाप्त भएपछि बहुमतका आधारमा अघि बढ्ने रणनीति दाहाल–नेपाल समूहले बनाएको छ। कुनैपनि हालतमा दुवै पद नछोड्ने निष्कर्ष सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षका नेताहरुको भेलाले निकालेको छ। महाधिवेशनअघिको बहुमत–अल्पमतको खेलले पार्टी एकता समाप्त हुने ओली समूहले चेतावनी दिएको छ।

Maruti Cement