बाढी पहिरोबाट बागलुङमा ४ जनाको मृत्यु

  • सुवास आचार्य, बागलुङ
Prabhu Bank

अविरल वर्षा सँगै पहिरो जाँदा बागलुङमा ३ बालकालिका र १ महिलाको मृत्यु भएको छ। बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ खौलेसुमाङमा घर पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Saftey Pads

मृत्यु हुनेमा स्थानीय पानबहादुर बिकका १३ बर्षिया छोरा खिम बहादुर बिक ११ बर्षिया छोरी रिता बिकको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैगरी निसिखोला गाउपालिका वडा नम्बर १ मा घर पुरिँदा स्थानीय कमल परियारका ३ बर्षिया छोरा समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

प्रहरी र स्थानीय वासीले मृतकको शव निकालेको जनाईएको छ। यस्तै जिल्लाको निसि खोला गाउपालिका वडा नम्बर ६ को खोला किनारमा ५२ बर्षिया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको टेकुकी महिलाको कोरोनाबाट मृत्यु
Maruti Cement