बलात्कार आरोपमा शिवाकोटी कारागार चलान

Prabhu Bank

काठमाडौँ। युट्युबर एवं विश्व हिन्दु महासंघका पदाधिकारी अर्जुन शिवाकोटीलाई बलात्कारको अभियोगमा डिल्लीबजार कारागार चलान गरिएको छ। जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो।

Saftey Pads

बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको हो। महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाका अनुसार शिवोकाटीविरुद्ध पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको उजुरी परेको थियो।

बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा पुगेका थिए। घटनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरको क्वारेन्टाइनमा करेन्ट लागेर युवतीको मृत्यु
Maruti Cement