नेकपा स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित

Prabhu Bank

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। स्थायी समितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको थियो। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आवश्यक परामर्श र गृहकार्य बाँकी रहेकाले बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए।

Saftey Pads

अब दुई अध्यक्षबीचको परामर्श र छलफल पछि सो बैठकको टुंगो लाग्ने छ। यही साउन ६ गते पनि बाढी र पहिरो पीडितको उद्धार तथा राहतका लागि भन्दै बैठक स्थगित गरिएको थियो। सोमबार दाहाल निवास खुमलटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। उनीहरूले बैठक जसरी पनि बसाउने निचोड निकालेका थिए।

अन्य सम्बन्धित समाचार:  कराँतेको ओलम्पिक तयारी स्थगित

नेकपाको स्थायी समितिको बैठक गत असार १० गतेदेखि शुरु भएको हो। ओलीको राजीनामाको कुरो उठेपछि बैठक स्थगित हुँदै आएको छ।

Maruti Cement