एमबाप्पेले महत्वपूर्ण खेल गुमाउने



एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन्। खेलका क्रममा गम्भिर चोट बोकेका एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वाटरफाइनका खेल गुमाउने भएका छन्।

फ्रेन्च लिग कप जुलाई ३१ मा तथा एटलान्टाविरुद्धको क्वाटरफाइनलको खेल अगस्त १२ मा पोर्चुगलको लिस्वनमा हुँदैछ। पीएसजी सेमिफाइनल र फाइनल पुगेको अवस्थामा एमबाप्पे टोलीमा उपलब्ध हुने क्लबले जनाएको छ। सेन्ट एटिएनका कप्तान लोइस पेरिनले फल गरेका थिए।

पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिए पनि पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले उनलाई रातो कार्ड दिएका थिए। एमबाप्पेको दायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको छ। घाउ निको हुन तीन साता लाग्नेछ। एमबाप्पेले यस यामको ३४ खेलमा ३० गोल गरिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  बैतडीका ३ युवा अनशनमा किन बसे?