कपिलवस्तु: कोरोना संक्रमण समुदायमा फैलँदै



कपिलवस्तु।

कपिलवस्तु जिल्लामा कोरोना भाइरसकाे संक्रमण समुदायस्तरमा फैलन थालेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा गरिएकाे स्वाब परीक्षणकाे मंगलबार आएकाे रिर्पोट अनुसार कपिलवस्तु जिल्लामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित ३४ जनामध्ये शिवराजनगरपालिकाका २८ जना पुरुष र ६ जना महिला रहेका जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुलले जनाएको छ। संक्रमण पुष्टि भएकामध्ये १३ जना समुदायमा रहेका व्यक्ति र २१ जना वैदेशिक रोजगारीबाट घर फर्किएकाहरु भएकाे पाइएकाे छ।

३४ जनामध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारबाट फर्किएका खलेकाे  छ। समुदायमा रहेका १३ संक्रमितमध्ये शिक्षक, वडाअध्यक्ष, वडा सचिव, विद्यार्थी लगायत रहेका छन्। याेसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७ सय ९६ जना पुगेको छ। कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको भए पनि समुदायस्तरमा यसको व्यापक परीक्षण हुन नसकेको स्थानीयकाे गुनासाे छ।

अन्य सम्बन्धित समाचार:  रहवर अन्सारीलाई कोरोना संक्रमण पुष्टि

समुदायमा संक्रमण फैलिएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले अनिवार्य रुपमा मास्क लगाएर हिँडडुल गर्न निर्देशन गरेको छ। निर्देशन अवज्ञा गर्नेहरुलाई प्रहरीले पक्राउ गरी कारबाही समेत गर्न थालेको छ।