मोतिलाल विकको उपचारमा टिकेको बस्तीको कथा

Prabhu Bank

Sagoon

सुवास आचार्य, बाग्लुङ।

Saftey Pads

सरकारले जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन लिएको नीति पूरा हुन सकेको छैन। बाग्लुङको ढोरपाटन नगरपालिकाका कतिपय स्थान पुगेर हेर्ने हो भने आज पनि त्यहाँका स्थानीयहरु स्वास्थ्य केन्द्रभन्दा पनि धामीकै भर परेर उपचार गराउनु पर्ने नियतिमा छन्।

जिल्लाकाे पश्चिम क्षेत्रमा रहेका निसी, बोबाङ, अधिकारीचौर र ढोरपाटनका मानिसहरू यो नियति वर्षौ अघिदेखि भाेग्दै आएका छन्। सामान्य होस् या अलि ठूलै, जस्तोसुकै रोग लाग्दा पनि गाउँलेले धामीको विकल्प पाउन सकेका छैनन्।

त्यसैले त स्वास्थ्य केन्द्रको अभावमा गाउँलेहरूको आशाको दियो बन्न पुगे मोतिलाल विक। जसको झारफुकबाट नै आजसम्म मानिसहरूको जीवन स्वस्थ  छ। ससाना केटाकेटी देखि वृद्धवृद्धासम्म राेग निको हुने आशा बोकेर उनकै दैलो पुगिरहेका छन् आज पनि। उपचारको शृङ्खला उही र उस्तै गरी चलिरहेको छ सदियौंदेखि। पुख्र्यौली कामलाई चटक्कै माया मार्न पनि सकेनन् उनले, त्यसैले त एक समय उनका बाबुबाजेले गरेको त्यही कामको निरन्तरता मोतिलालले दिए।

अन्य सम्बन्धित समाचार:  महाकालीको भेलले उठिबास लगाउला भन्ने त्रासमा अडेको बस्ती

गाउँमा विद्यमान धामीझाँक्री प्रथालाई निरन्तरता दिएरै मोतिलाल विकले कतिको उपचार गरे त्यसको लेखाजोखा गर्न शायद उनी पनि नसक्लान्। तर पनि पुर्खाको कामलाई उसैगरी निरन्तरता दिएर मोतिलालले धेरै रोगीलाई पार लगाए। त्यसैले त गाउँलेका अघोषित नायक बनेका उनी अर्को किसिमले भन्नु पर्दा बस्तीका देवता सावित भएका छन्।

त्यसो त स्वास्थ्यचौकी नहुँदा बाध्यताले धामीकै भर पर्नु पर्ने अवस्था हट्न नसक्नुको पछाडि राज्यको उपेक्षा कारक बनेकाे छ।

अर्कोतर्फ भौगोलिक कठिनाइ पनि यहाँका मानिसको उपचारमा पहाड बनेर उभिएको छ। ‘पैसा पनि हुँदैन, टाढा पनि छ, फेरि हाम्रो यहाँ खै त स्वास्थ्य चौकी?’, ढोरपाटन नगरपालिका-९, काँगकी डल्ली बिकले दुखेसाे पाेखिन्, ‘धामीकोमा नगए कहाँ जानु त?’

त्यसो त गाउँका मानिसहरुलाई पनि धामीको भन्दा डाक्टरको उपचार राम्रो हुने थाहा छ। तर पनि ती नागरिक राज्यको प्राथमिकतामा पर्न सकेका छैनन् जो नचाहेरै पनि धामीको शरणमा परेर उपचार गराउन बाध्य छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडाैंमा ६२ सहित देशभर ३७८ कोरोना संक्रमित थपिए

उता पुर्खाले सदियाैँदेखि गर्दै आएको धार्मिक परम्परा र मूल्यमान्यतालाई कायम राखेर परम्परागत पेसा अगाल्दै आएको बताँउछन् धामी मोतिलाल विक। उनको जिन्दगीको आधिकांश हिस्सा गाउँलेको जोखना हेरेर नै बित्दै आएको छ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा रहेको उनको घरमा झारफूक गराउन आउनेको चहलपहल भइ नै रहन्छ। ‘गाउँ गाउँमा ‘लागो, भागो, भूतप्रेत’ ठिक पार्न परे मानिसहरु मेरोमा आउनुहुन्छ’, मोतिलालले सुनाए।

अर्कोतर्फ मानसिक रोगका बिरामीहरु समेत डाक्टरकोमा जानुभन्दा धामीझाँक्रीमै भर पर्नुपर्ने बाध्यतामा छन्।

तत्कालीन समयको माओवादी द्वन्द्व, भूकम्प अनि अहिलेको कोरोनाको त्रासदीका कारण जिल्लामा मानसिक रोगीको संख्या बढ्दै गइरहेकाे छ। तिनको उपचारकोलागि अस्पताल नहुनु दुखद पक्ष हो।

अनि ग्रामीण भेगका मानसिक बिरामीहरु उपचारका लागि अहिले पनि धामीझाँक्रीकै भर पर्नु पर्ने कतिको जायज होला? याे प्रश्न मुलुक हाँकेर सुखी जनताको परिकल्पनामा रमाउन खोज्नेहरुलाई।

Maruti Cement