नेपाल टेलिकमले लगायाे २ प्रतिशत स्वामीत्व शुल्क

Prabhu Bank

काठमाण्डाै।  नेपाल टेलिकमले अबदेखि प्रिपेड र पाेस्टपेड माेबाइल रिचार्ज गर्दा तथा बिल तिर्दा २ प्रतिशत स्वामीत्व शुल्क (अनरशीप चार्ज) पनि लिने भएकाे छ।

Saftey Pads
सरकारले जारी गरेकाे वित्तीय ऐन २०७७ काे प्रावधान अनुरुप रिचार्ज गर्दा तथा बिल तिर्दा साउन १ गतेदेखि लागू हुनेगरी २ प्रतिशत स्वामीत्व शुल्क लिइने ब्यहाेराकाे जानकारी टेलिकमले एसएमएसमार्फत् ग्राहकलाई जानकारी गराएकाे छ।
यस प्रावधान अनुसार अबदेखि रिचार्ज गर्दा तथा बिल तिर्दा ग्राहककाे खाताबाट पहिले २ प्रतिशत रकम स्वामीत्व शुल्क काटिइसकेपछि बाँकी रहेकाे रकममा अन्य आवश्यक कर काटिएपछि मात्र प्रयाेग गर्न मिल्ने ब्यालेन्स वा भुक्तानीयाेग्य रकम देखिनेछ।
उदाहरणका लागि ५० रुपैयाँ रिचार्ज गर्दा पहिले त्यसकाे २ प्रतिशत रकम पहिले नै काटेर बाँकी रहेकाे रकम ४९ रुपैयाँमा अन्य टेलिकम सम्बन्धी कर काटेपछि बाँकी रहेकाे रकम मात्र ग्राहकले ब्यालेन्सका रुपमा प्रयाेग गर्न सक्नेछन्।

 

Maruti Cement