इंग्ल्यान्डलाई टेस्ट सिरिज

Prabhu Bank

एजेन्सी। कोरोना महामारी पछिको पहिलो टेस्ट सिरिज आयोजक इंग्ल्यान्डले जितेको छ। तीन श्रङ्खलाको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई २–१ ले जितेको छ।

Saftey Pads

इंग्ल्यान्डले पछिल्ला दुई खेल लगातार जित्दै सिरिज आफ्नो कब्जामा पारेको हो। कोरोनका कारण तीन महिनाभन्दा बढी समय क्रिकेट प्रतियोगिता हुन सकेको थिएन। पहिलो खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो । दोस्रो र तेस्रो खेलमा भने इंग्ल्यान्ड लगातार विजयी भएको थियो।

दोस्रो टेस्टमा इंग्ल्यान्ड ११३ रनले तथा तेस्रो टेस्टमा २६९ रनको विजयी भएको थियो। पाँच दिवसिय खेलको अन्तिममा वेस्ट इन्डिजले ३९९ रनको लक्ष्य पाएको थियो। तर उसको पारी १२९ रनमा समेटियो। यही सिरिजमा स्टुअर्ट ब्रोडले टेस्ट क्रिकेट सिरीजमा आफ्नो पाँच सय विकेट पूरा गरेका छन्।

अन्य सम्बन्धित समाचार:  आहा! कमलको फूल पाईने भागेश्वर बगरकोट ताल (फोटो फिचर)
Maruti Cement