बराल भन्छिन्, ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’



काठमाडौँ। सञ्चारकर्मी एवं गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ लोक आधुनिक गीत सार्वजनिक गरेकी छिन्। उक्त गीत क्षितिज समर्पणले लेखेका हुन्। गीतमा सङ्गीत राजकुमार शाहीले भरेका छन्।

सो गीत ‘एक्का कम्पनी’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सञ्जय हमालले एरेन्ज गरेको गीतको सम्पादन पनि राजकुमारले नै गरेका हुन्। नृत्य विधाको सो गीत युवायुवतीको मायाप्रेममा आधारित रहेको गायिका बरालले बताइन्। गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा क्रियाशिल छन्।

बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीत गाएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  सिन्धुपाल्चोक: पहिराेमा परेर मृत्यु हुनेकाे संख्या १० पुग्याे