दाङमा पहिरोमा पुरिएर आमा–छोरीको ज्यान गयो



दाङ। दाङको बंगलाचुली गाउँपालिका–५ साकिनेमा बुधबार बिहान पहिरोले घर पुरिँदा आमा–छोरीको ज्यान गएको छ।

साकिनेस्थित देवीराम नेपालीको घर पुरिँदा उनकी श्रीमती २६ वर्षीया बाटुली र दुई वर्षीया छोरी आयुश्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

घरमाथिको कान्ला भत्केर आधा घर पुरिएको थियो। घरका अन्य सदस्यले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विकास मल्ल राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक