कालिकोटमा पहिरो, एउटै घरका ६ वेपत्ता

Prabhu Bank

कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिका–७ मा पहिरो जाँदा एउटै घरका ६ जना बेपत्ता भएका छन्। बुधबार बिहान पहिरो जाँदा गंगे बुढाको घर पुरिएको हो।

Saftey Pads

पहिरोमा परी ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी, २४ वर्षीया बुहारी कुश्मा, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम र १८ महिनाका अर्का नाति चरित्र वेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए।

पहिरोमा परेर गंगेकी छोरी विमला घाइते छिन्। घरमा रहेका ११ जनामध्ये विमलासहित ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ।

यस्तै मंगलबार राति नरहरिनाथ गाउँपालिका–५ मा पहिरो जाँदा दले बुढाको घर पुरिए पनि क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन।

अन्य सम्बन्धित समाचार:  नक्कली नोटका कारोबारी अन्सारी पक्राउ
Maruti Cement