नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रवक्तामा क्रमश: कडायत र अर्याल नियुक्त



काठमाडाैं।

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायत नियुक्त भएका छन्। त्यसैगरी सशस्त्र प्रहरी प्रहरी प्रवक्तामा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल नियुक्त भएका छन्।

यसअघिका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक निरजबहादुर शाही अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा भएपछि (एसएसपी) कुवेर कडायतलाई प्रहरी प्रधान कार्यालयले बुधबार प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे। नवनियुक्त प्रहरी प्रवक्ता कडायतलाई माेबाइल नं ९८५१२९२१११ मा वा [email protected] मा इमेलमार्फत् सम्पर्क गर्न सकिन्छ।

यसैगरी, यसअघिका सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठकाे सरुवा भएपछि रिक्त रहेकाे ठाउँमा साेमबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)राजु अर्याल नयाँ प्रवक्ता ताेकिएका हुन्। संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी पाएका प्रवक्ता अर्याललाई माेबाइल नं ९८५१२७२००७ मा वा [email protected] मा इमेलमार्फत् सम्पर्क गर्न सकिन्छ।

अन्य सम्बन्धित समाचार:  पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु