फुल्पिङकट्टी पहिरोमा बेपत्ता पाँचै जनाकाे शव फेला



देवराज सुवेदी, सिन्धुपाल्चोक।

भोटेकाशी गाउँपालिकाको फुल्पिङकट्टी पहिरोमा बेपता भएका भोटेकोसी गाउँपालिका-४, फुल्पिङकट्टीका ५ जनाकै शव फेला परेको छ। असार ३१ गते राति करिब साढे १ बजे झरेको पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा स्थानीय गेन्जेन शेर्पाकी आमा ८५ वर्षीया सुमबुट्टी, श्रीमती ४० वर्षीया सेमसङ्ग, बहिनी ३५ वर्षीया साङ्मुसहित छोरी १४ वर्षीया छिरिङवाङ्गु र १६ वर्षीया याङ्जी बेपत्ता भएका थिए।

बेपत्तामध्ये तीनजनाको शव सोही दिन भेटिएकाे र हराइरहेका सुमबुट्टी र सेमसङ्गको शव बुधबार दिउँसो भेटिएको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा ५१ नयाँ संक्रमित थपिए