प्रदेश २: मन्त्रालयका ३ कर्मचारी र सेनाका ११ जनामा कोरोना पुष्टि

  • बटुकनाथ झा,जनकपुरधाम
Prabhu Bank

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका हुन्। उनका अनुसार मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा काेराेना पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि हुनेहरुमा सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुष रहेका बताइएकाे छ।

Saftey Pads

काेराेना पोजिटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र उनीहरुकाे व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको सह–निर्देशक झाको भनाइ छ।

महाेत्तरी र पर्सामा गरी बुधबार नेपाली सेनाका ११ जना संक्रमित 

महोत्तरीमा १३, सप्तरीमा १, सर्लाही १ र पर्सामा ३४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। महोत्तरीमा फेला परेका १३ जनामध्ये रणभीमगण प्रकौली ब्यारेकका १० जना नेपाली सेनाका कर्मचारी रहेका छन्। यस्तै पर्साको वीरगञ्जमा फेला परेकामध्ये १ जना नेपाली सेनाका कर्मचारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भदौं ५ गतेसम्मका लागि बुटवल उपमहानगरपालिकामा लकडाउन
Maruti Cement