शव व्यवस्थापनमा खटिएका १० सैनिकमा कोरोना

Prabhu Bank

महोत्तरी। महोत्तरीमा शव व्यवस्थापनमा खटिएका १० नेपाली सेना कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित सबै महोत्तरीस्थित रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक हुन्। उनीहरु कोरोनाबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा खटिएका थिए।

Saftey Pads

संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि सेनाको बर्दिबासस्थित किसानगंजको आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए। महोत्तरी गाउँपालिकाको मडैमा कोरोनाबाट एकको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती सैनिक खटिएका थिए।

बाइस सैनिकको स्वाब संकलन गरेकामा १० जनामा कोरोना पुष्टि भएको हो। यसरी शव व्यवस्थापनमा खटिएका सैनिक पहिलादेखि नै आइसोलेशनमा बस्दै आएकाले ब्यारेक शिल गर्नु नपरेको प्रजिअ कटवालले बताए।

अन्य सम्बन्धित समाचार:  करेन्ट लागेर क्वारेन्टिनमै युवतीको मृत्यु भएपछि क्षतिपूर्तिकाे माग गर्दै प्रदर्शन
Maruti Cement