कतारमा कोरोनाबाट १७ नेपालीले ज्यान गुमाए

Prabhu Bank

योगेन्द्र योगी, दोहा। कतारमा हालसम्म कोरोना भाइरसबाट १७ नेपालीले ज्यान गुमाएका छन्। कोरोनाबाट नेपालीसहित १६९ जनाको मृत्यु भएको छ। बुधबार मात्र कतारमा २७३ नयाँ संक्रमित थपिएका छन्। योसँगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख १० हजार १५३ जना पुगेको छ।

Saftey Pads

बुधबार २४६ जना उपचार पछि निको भएर घर फर्किएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६ हजार ८४९ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कतारले ४ लाख ८७ हजार ४३५ जनाको कोरोना परीक्षण गरेको छ।

कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित छन भन्ने कुरा कतारस्थित नेपाली दूतावाससित तथ्याङ्क छैन। कोरोनाबाट संक्रमित भएका धेरै नेपाली निको भएर काममा फर्किसकेका दूतावासले जनाएको छ। अवस्था सामान्य बन्दै गए पछि आगामी सेप्टेम्बर १ तारिखदेखि कतार सरकार सबै प्रतिबन्ध हटाउने तयारीमा छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली नदीले तटबन्ध कटान गर्दा राजापुर क्षेत्र उच्च जोखिममा

इदमा दुई दिन नेपाली दूतावास बन्द हुने

इस्लाम धर्मावलम्बीको महान पर्व इदको अवसरमा यहाँस्थित नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ। दूतावासले एक सूचना जारी गर्दै आगामी अगस्त २ र ३ तारिखमा बन्द हुने जनाएको हो।

Maruti Cement