स्याङ्जामा औषधी व्यवसायीसहित थप ९ जनामा कोरोना

Prabhu Bank

स्याङ्जा। स्याङजामा औषधी व्यवसायीसहित बुधबार थप ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। गल्याङ नगरपालिकाका ८ तथा पुतलीबजार नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Saftey Pads

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये ६ जना गल्याङको क्वारेन्टाइनमा बस्दै आएका छन्। एक प्रहरी र एक औषधी व्यवसायी पनि त्यही क्वारेन्टाइनमा बसिरहेका छन्। यस्तै पुतलीबजारका संक्रमित पनि प्रहरी नै हुन्। योसँगै स्याङजामा ३९ प्रहरी कोरोनाबाट संक्रमित भएका छन्।

स्याङजामा हालसम्म २५२ जनामा कोरोना देखिएको छ। जिल्लामा १८८ जना निको भएर घर फर्केका छन्। कोरोनाबाट हालसम्म यहाँ २ जनाको ज्यान गएको छ।

अन्य सम्बन्धित समाचार:  पाटन अस्पतालमा कोरोनाबाट महिलाको मृत्यु
Maruti Cement