छुटको प्याकेजसहित सौराहाका होटल चार महिनापछि सञ्चालनमा

Prabhu Bank

Sagoon

चितवन। सौराहाका होटल तथा रेष्टुराँ चार महिनापछि बिहीबारदेखि सञ्चालनमा आएका छन्। स्वास्थ्य सावधानी र छुट प्याकेजसहित यहाँका होटर र रेष्टुराँ पुनः सञ्चालनमा आएका हुन्। आन्तरिक पर्यटकलाई लक्ष्य गरी व्यवसायीले आफ्नो व्यवसाय पुनः थालेका हुन्।

Saftey Pads

क्षेत्रीय होटल सङ्घ सौराहाले सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको थियो। होटल सञ्चालन गर्दा सबै व्यवसायीले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच गर्ने, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्नेछ।

पर्यटकलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न लगाउनुपर्नेछ। पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आए स्वास्थ्य संस्थामा पठाउनुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न व्यवसायीलाई आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले बताए।

अन्य सम्बन्धित समाचार:  आहा! सुन्दर बडिमालिका (फोटो फिचर)

सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द थिए। सरकारले निर्णय गरेपछि व्यवसाय सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए। बिहीबारदेखि नै सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको उनको भनाइ छ।

व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन्। रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्ष एवं सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका छन्। उनले खानामा २० प्रतिशत तथा पेय पदार्थमा १५ प्रतिशत छुटको घोषणा गरेका छन्।

यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले पनि कोठा भाडामा ५० प्रतिशत छुट दिइने बताए। उनले खाना र पेय पदार्थमा भने १०÷१० प्रतिशत छुट दिने बताए। जङ्गल सफारी, डुङ्गा सफारी, जिप सफारी, हात्ती सफारीलगायतका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन वित्तीय संस्थाहरुलाई राष्ट्र बैंककाे निर्देशन
Maruti Cement