सुनकाे भाउ आज ५ सयले बढ्याे, तोलाकाे ९९ हजार

Prabhu Bank

नेपालमा आज सुनकाे मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेकाे छ। हिजाे बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन ५ सय रुपैयाँ बढेर आज बजार खुल्नेबित्तिकै प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको हाे। तेजाबी सुनको हकमा भने प्रतिताेला ९८ हजार ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

Saftey Pads

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। एकतोला चाँदीको मूल्य आज १ हजार २ सय २५ निर्धारण भएको छ । हिजाे बुधबार एक ताेला चाँदीकाे १ हजार २ सय ४५ मा काराेबार भएकाे थियाे।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२।१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६०डलरमा कारोबार भएको थियो ।

अन्य सम्बन्धित समाचार:  करेन्ट लागेर क्वारेन्टिनमै युवतीको मृत्यु भएपछि क्षतिपूर्तिकाे माग गर्दै प्रदर्शन
Maruti Cement