स्मार्टफोन बिक्रीमा हुआवेले सामसङलाई उछिन्यो

Prabhu Bank

एजेन्सी।

Saftey Pads

चीनको स्मार्टफोन निर्माता कम्पनी हुआवेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन सेट बिक्रीको अनुगमन गर्ने क्यानालिसकाे प्रतिवेदन अनुसार हुआवेले सामसङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो ।

क्यानालिसका अनुसार अमेरिका प्रतिबन्ध लागेपछि हुआवेले ५ करोड ५८ लाख थान स्मार्टफोन अरु देशमा पठाएको छ भने सामसङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन मात्र निर्यात गर्न सकेेकाे छ।

अमेरिकी प्रतिबन्धका कारण हुआवेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको भए पनि स्वदेशमा माग तीव्र रहेकाले हुआवेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका क्यानालिसले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय मुलकी महिला बनिन् अमेरिकी उप-राष्ट्रपति पदको उम्मेदवार

क्यानालिसका अनुसार हुआवेका स्मार्टफोनको निर्यात भने दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुआवेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन्।

Maruti Cement