आर्टिफिसियल इन्टेलिजेन्सले ५ वर्षमा मानिसहरुलाई उछिन्छ: एलन मस्क



एजेन्सी।

टेस्ला तथा स्पेशएक्सका मुख्य कार्यकारी अधिकृत एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) मानिसहरुभन्दा धेरै शत्तिशाली हुने र सन् २०२५ सम्ममा मानिसहरुलाई उछिन्ने बताएका छन्। मस्कले पछिल्लो हप्ता न्यूयोर्क टाइम्सलाई अन्तरवार्ता दिँदै भने,‘हामी अहिले यस्तो अवस्थाबाट गुज्रिरहेका छौँ जहाँ एआई (आर्टिफिसियल इन्टेलिजेन्स)मानिसहरुभन्दा अझ स्मार्ट भइसकेको छ। मेरो विचारमा हामीसँग ५ वर्ष वा त्यो भन्दा कम समय मात्र छ। ५ वर्षमा सबै तहसनहस हुन्छ भन्ने मेरो भनाइ होइन तर त्यस अवधिमा धेरै कुराहरु अस्थिर र असहज हुनेछन्।’

मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता)लाई लिएर चिन्ता व्यक्त गरेको यो पहिलो पटक भने होइन। सन् २०१६ मा उनले प्रविधिलाई मानिसहरुको दमिागलाई कम्प्युटरसँग जोड्नसक्ने हिसाबले विकास नगरिए आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) ले मानिसहरुलाई घरपालुवा जनावरजस्तै बनाउन सक्ने खतरा रहेको विचार व्यक्त गरेका थिए। उनले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) लाई मानवीय ‘अस्तित्वमाथिको खतरा’ को रुपमासमेत वर्णन गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रदेश २: मुख्यमन्त्री कार्यालयका ६ सहित १०३ जनामा कोरोना संक्रमण

मेरो विचारमा हामी आर्टिफिसियल इन्टेलिजेन्सका सम्बन्धमा धेरै होशियार हुनुपर्छ। यदि हामीले हाम्रो सबैभन्दा ठूलो ‘अस्तित्वमाथिको खतरा’ कुन हो भनेर अन्दाज गर्नुपर्यो भने त्यो यही ( आर्टिफिसियल इन्टेलिजेन्स) नै हो’, मस्कले भने। मस्कले यसो भन्दै गर्दा उनी आफैँले सन् २०१५ मा ओपनएआई नामको आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान प्रयोगशाला स्थापना गर्न ठूलो सहयोग गरेका थिए। ओपनएआईको उद्देश्य आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (कृत्रिम सामान्य बुद्धिमता) को विकास गर्ने थियो जसले धेरै क्षेत्रसँग सम्बन्धित ज्ञान सिक्न र विज्ञता हासिल गर्न सकोस्।

हालै ओपनएआईले आफ्नो पहिलो व्यापारिक उत्पादनका रुपमा टेक्स्ट जेनेरेशन टूल (लेखक, पत्रकारहरुका लागि आफैँले कथा, कविता, लेख आदि लेखिदिने एप्लिकेशन) सार्वजनिक गरेको छ। यस्तो खाले एप्लिकेशनलाई ओपनएआईले कुनै बेला ‘अति खतरनाक’ को संज्ञा दिएको थियो। यसले मानिसहरुलाई लामा लामा कथा, लेख रचना आफैँले लेख्नुपर्ने झण्झटबाट मुक्ति दिन्छ। इो एप्लिकेशनको प्रयोग गर्नेले लेख रचना वा साहित्यको विषयवस्तु उठान मात्र गरिदिनुपर्छ त्यस पछि त्यसलाई उचित लम्बाइमा उचित तरिकाले अगाडि बढाउँदै समापन पनि गरिदिन्छ।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा क्वारेन्टिनका सुरक्षा गार्डद्वारा आत्मदाह