सय वर्षदेखि पुरै गाउँवासीको एउटै पेसा

Prabhu Bank

Sagoon

गोपाल पोखरेल,उदयपुर।

Saftey Pads

उदयपुर जिल्लासँग सिमाना जोडिएको छ भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका। यही गाउँपालिकाको वडा नम्बर-६ को होम्ताङ भन्ने बस्तीका मानिसहरुको भाषा/संस्कृति मात्र हैन पेसा समेत एउटै छ।  भूगोलको हिसाबले भोजपुर र उदयपुर दुवै जिल्लाका सदरमुकाम पुग्न यस बस्तीका मानिसलाई उस्तै समय लाग्छ।

दुवैतर्फबाट विकट मानिने यो गाउँका अधिकांश मानिसहरुको पेसा हो नाङ्लो बुन्ने। करिब १ सय वर्ष अघिदेखिको जीविकोपार्जनको एकै माध्यम नाङ्लो बुनेर धेरैले परिवारको आर्थिक अवस्थामा भरथेग गर्दै आएका छन्।

उनीहरुको वर्षौँदेखिको उही काम निरन्तर चलिरहेको छ आजसम्म। “नाङ्लोे बुन्ने हाम्रो पेसा करिब १ सय वर्षदेखि निरन्तर चलिरहेको छ”, ५५ वर्षीय शुभध्वज राईले भने, “गाउँका सबै घरमा नाङ्लो उत्पादन हुने गर्छ।” बुढाबुढी, युवा युवती र विद्यालयमा पढ्दै गरेका बालबालिका सबैले नाङ्लो बुन्ने गरेको उनले बताए।

क गरेका बालबालिका सबैले नाङ्लो बुन्ने गरेको उनले बताए। “यहाँका सबै महिलाले पुरुषसरह नै नाङ्लो बुन्छन्”, ५० वर्षकी विमासरी राई भन्छिन्, “यही सीपबाटै वर्षौँदेखिरिब ४ सय ५० घर परिवार बसोबास गर्ने होम्ताङ गाउँका सबै घरमा नाङ्लो बुन्ने काम हुन्छ। होम्ताङका हजुरबा हजुरआमादेखि नाति नातिनासम्म सबैको हातमा नाङ्लो बनाउने सीप छ। “नाङ्लोे बुन्ने हाम्रो पेसा करिब १ सय वर्षदेखि निरन्तर चलिरहेको छ”, ५५ वर्षीय शुभध्वज राईले भने, “गाउँका सबै घरमा नाङ्लो उत्पादन हुने गर्छ।” बुढाबुढी, युवा युवती र विद्यालयमा पढ्दै हाम्रो गुजारा चलिरहेको छ।”

अन्य सम्बन्धित समाचार:  भदाै १ देखि सीमित ठाउँमा आन्तरिक उडान: ट्रंक रुटमा तत्काल नखोलिने

विमासरी बिहे गर्दा १८ वर्षकी थिइन्। होम्ताङमै माइती भएकी उनी विवाह अघि पनि नाङ्लो बुन्ने गर्थिन्। यो गाउँमा हजुरबाको पुस्ताबाट नातिसम्म हस्तान्तरण हुँदै आएको नाङ्लो बनाउने सीप पनातिसम्म पुगेको छ। मासिक २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ गर्ने यहाँका गाउँलेले केही वर्ष अघिसम्म नाङ्लो बिक्रीका लागि सुनसरीको चतरा र धरान लैजानु परे पनि हिजोआज गाउँमै बिक्री हुन थालेकाे छ।

“आकार र बनावट हेरेर प्रतिगोटा ७० रुपैयाँदेखि १ सय १० रुपैयाँसम्ममा मैले गाउँका सबैको नाङ्लो खरिद गर्ने गरेको छु”, स्थानीय संकलक प्रकाश राईले भने, “ट्याक्टरमार्फत धरान र चतरासम्म लगेपछि भारतीय व्यापारी त्यहाँ आउँछन् र नाङ्लाे किन्छन्।” होम्ताङको नाङ्लो नेपाल तथा भारतका विभिन्न बजारमा पुग्ने उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  दार्चुला–तिंकर सडक निर्माणका लागि खलंगा आइपुग्याे सेनाको टोली

पुरै गाउँ लामो समयदेखि निरन्तर एउटै पेसामा संलग्न भइरहँदा र पछिल्लो पुस्तासम्म सीपको हस्तान्तरण भइरहँदा पनि सरकारी स्तरबाट भने कुनै चासो र सहयोग हुन सकेको छैन। यस वर्ष मात्रै वडा कार्यालयले नाङ्लो उत्पादन कार्यलाई सामूहिकरुपमा अगाडि बढाउन केही रकम विनियोजन गरेको वडाध्यक्ष सागर राईको भनाई छ। “यस वर्षदेखि सामूहिक उत्पादन गर्नका लागि वडाबाट बजेटको व्यवस्था गरेका छौँ”, राईले भने, “पहिलेभन्दा राम्रो उत्पादन भयो र आम्दानी बढ्यो भने अर्को सालदेखि अझ व्यापक ढंगले यसलाई अगाडि बढाउँछौं।”

सुन्दा र हेर्दा सामान्य लागे पनि करिब १ सय वर्षदेखि निरन्तर जीविकोपार्जनमा मुख्य भूमिका खेल्दै आएको नाङ्लो व्यवसाय होम्ताङबासीको पहिचान बनेको छ। सीपको हस्तान्तरणसँगै पछिल्लो पुस्तामा यस व्यवसायप्रति देखिएको उत्साहले सरकारीस्तरबाट सहयोग भएकाे खण्डमा उनीहरुको आर्थिक अवस्था अझ सबल हुने आशा गर्न सकिन्छ।

Maruti Cement