काेराेना सतर्कता: काठमाडाैं भित्रिने नाकामै परीक्षण

Prabhu Bank

काठमाडाैं।

Saftey Pads

काठमाडाैं उपत्यकामा छिर्ने नाकामा काेराेना संक्रमित भेटिएपछि सरकारले कडाइ गर्न थालेकाे छ। उपत्यकामा कोरोना भाइरसको जोखिम बढेपछि सरकारले थानकोट, फर्पिङ, साँगा गरी तीन नाकामा कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिरहेको छ। यी नाकामा अहिलेसम्म ३ हजार ४ सय जनाको परीक्षण भएकोमा २४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

साँगाबाट २ हजार ४ सय ९, फर्पिङबाट १ हजार २ सय ८२ र थानकोटबाट ४ हजार ७ सय दश गरी ८ हजार ४ सय १ जनाको नमुना सङ्कलन गरिसकिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नाकामा १० हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी रहेकाे छ।

अन्य सम्बन्धित समाचार:  नेपाल राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि
Maruti Cement