कोरोना संक्रमण : वीरगञ्जमा थप दुईले ज्यान गुमाए, मृतकको संख्या ५४ पुग्यो

Prabhu Bank

पर्सा। कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप दुई जनाले ज्यान गुमाएका छन्। बिहीबार ३५ र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ।

Saftey Pads

वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ज्वरो तथा श्वासप्रस्वासका रोगी उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको डा निरज सिंहले बताए। उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख डा मदन उपाध्यायले बताए।

यस्तै वीरगञ्जमा घरमै मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्ज–२ छपकैयाका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालले उनको बिहीबार स्वाब संकलन गरेको थियो। उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

अन्य सम्बन्धित समाचार:  अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना

बिहिबार पर्सा, बारा र रौतहटमा ८ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा कार्यरत २ नर्स र १ सरसफाईकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। साउन महिना यता पर्सामा मात्रै ८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट छिमेकी जिल्ला बाराका २ तथा रौतहटका १ जनाको पनि वीरगञ्जमै मृत्यु भएको थियो।

Maruti Cement