साँझ ७ बजेदेखि बिहान ७ सम्म उपत्यका प्रवेशमा रोक

Prabhu Bank

काठमाडौँ। यदी तपाई प्रवेशाज्ञा लिएर वा नलिइकनै रातिको समयमा काठमाडौँ उपत्यका आउँदै हुनुहुन्छ भने खबरदार। तपाईले उपत्यका प्रवेश नाकामै रातभर रोकिनु पर्ने छ। किनभने गृह मन्त्रालयले अब राति काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ।

Saftey Pads

गृह मन्त्रालयले बिहीबार देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको छ। उपत्यका बाहिरबाट आएका यात्रुको स्वाब संकलन गरी परीक्षण गर्दा २४ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भए पछि मन्त्रालयले उक्त नियम लागू गरेको हो। गृह मन्त्रालयले उपत्यका पस्ने नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ जाँच गर्न तथा बिना प्रवेशाज्ञा अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई बिहीबार निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिए

साथै मन्त्रालयले काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयलाई पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन प्रवेशाज्ञा नदिन एवं बिना प्रवेशाज्ञा अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन निर्देशन दिएको छ। अत्यावश्यक सेवा र ढुवानीमा भने रोक लगाइएको छैन।

लकडाउन खुलेपछि काठमाडौं प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ। योसँगै कोरोना संक्रमितको संख्या पनि काठामाडौँ उपत्यकामा निकै बढेको पाइएको छ। स्थिति भयावह बन्दै गएपछि सरकार झस्केको छ। आवागमनमा कडाइ गर्न समेत उपत्यकावासीले सरकारलाई दबाब दिएका छन्। यसको परिणामस्वरुप बिहीबार गृह मन्त्रालयले उक्त कदम चालेको हो।

Maruti Cement