जनकपुर उच्च अदालतका न्यायाधीशलाई कोरोना

Prabhu Bank

जनकपुरधाम। जनकपुर उच्च अदालतका न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन्। उच्च अदालतका ५० वर्षीय न्यायाधीश कोरोनाबाट संक्रमित भएको बिहीबार पुष्टि भएको हो।

Saftey Pads

अदालत स्रोतका अनुसार साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। न्यायाधीश कोरोनाबाट संक्रमित भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम शुक्रबारदेखि साउन ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालतले निर्णय गरेको छ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी उक्त निर्णय गरिएको हो। यसअघि उच्च अदालत जनकपुरको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीश पनि कोरोनाबाट संक्रमित भएका थिए।

अन्य सम्बन्धित समाचार:  भारतीय अभिनेता सन्जय दत्तलाई क्यान्सर
Maruti Cement