जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोनाबाट निधन

Prabhu Bank

वीरगन्ज। जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत नेवाराम शर्माकाे काेरोनाबाट बिहीबार राति निधन भएको छ। ५६ वर्षीय शर्माकाे राति साढे ११ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो।

Saftey Pads

भारत घर भएका उनी मुटुरोगबाट पीडित रहेको अस्पतालले जनाएको छ। साउन ७ गते अस्पताल भर्ना गरिएका उनलाई बिहीबार दिउँसोदेखि रोगले बढी च्यापेको थियो। शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

सक्दो प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको गण्डक कोभिड अस्पतालका डा निरजकुमार सिंहले बताए। उनको शव अस्पतालमै राखिएको छ। वीरगन्जमा बिहीबार थप दुई पुरुषको पनि कारोनाबाट मृत्यु भएको छ। यसअघि बुधबार पनि यहाँ कोरोनाबाट दुई जनाको मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको पीडा : उपचार नपाउँदा दुईले ज्यान गुमाए
Maruti Cement