इंग्ल्याण्ड ६ विकेटले विजयी



एजेन्सी। सन् २०२३ मा भारतमा हुने विश्वकप क्रिकेटको छनोटको रुपमा रहेको आइसीसी ओडिआई सुपर लिग सुरु भएको छ। बिहीबार इंग्ल्याण्ड र आयरल्याण्डबीच भएको पहिलो खेलमा घरेलु टोली इग्ल्याण्ड ६ विकेटले विजयी भएको छ। पहिला ब्याटिङ गर्दै आयरल्याण्डले १७२ रन बनाएको थियो।

एक सय ७३ रनको विजयी लक्ष्य इंग्ल्याण्डले २७ दशमलव ५ ओभरमा ४ विकेट गुमाउादै पूरा ग¥यो। इंग्ल्याण्डका लागि कप्तान आयन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि अविजित ९६ रनको साझेदी गरे। बिलिङ्सले अविजित रहँदै ५४ बलमा ११ चौका हान्दै ६७ रन बनाए। मोर्गनले अविजित ३६ रन बनाए। उनले ४० बलमा दुई छक्का र चार चौका हाने। यस्तै जेम्स भिन्सले २५ र जउसन रोएले २४ रनको योगदान दिए। बलिङतर्फ आयरल्याण्डका क्रेग योङले २ विकेट लिए।

अन्य सम्बन्धित समाचार:  लेबनानको बेरूतमा विष्फोट, ७८ को मृत्यु, करिब ४ हजार घाइते

यसअघि आयरल्याण्डले ४४ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर १७२ रन मात्र बनायो। उसका लागि डेब्युटान्ट कर्टिस काम्परले अविजित रहँदै ११८ बलमा ४ चौकाको मद्दतमा ५७ रन बनाए। एन्डी म्याब्रिनेले ४० रन बनाए। इंग्ल्याण्डका लागि डेविड विली एकलैले ५ विकेट लिए। उनी खेलको म्यान अफ दी म्याच भए। यस्तै साकिव महमुदले २ विकेट लिए। दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ।