पर्सामा स्वास्थ्यकर्मीसहित थप ४१ जनामा कोरोना

Prabhu Bank

Sagoon

वीरगन्ज। पर्सामा स्वास्थ्यकर्मी र अस्पतालका सरसफाइकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा बिहीबार राति उनीहरुमा कारोना संक्रमण पुष्टि भएको अस्पतालका डा मदन उपाध्यायले बताए।

Saftey Pads

संक्रमण पुष्टि भएका ४१ जनामध्ये नारायणी अस्पतालका २ चिकित्सक, २ स्टाफ नर्स, १ सरसफाइकर्मी र नेशनल मेडिकल कलेजका १ चिकित्सक हुन्। यस्तै धोबीनी गाउँपालिका २, पोखरीया नगरपालिकाका १ तथा बहुदरमाइ नगरपालिकाका १ जनामा समेत कोरोना देखिएको छ।

अरु सबै कन्टयाक्ट ट्रेसिङमा परेका र स्वचेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएका वीरगन्जका उद्योगी, व्यपारी र सर्वसाधरण उपाध्यायले बताए। पर्सामा कुल संक्रमितको संख्या ३९७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडाैंमा ९२ सहित देशभर ३८० जनामा काेराेना पुष्टि
Maruti Cement