सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँ

Prabhu Bank

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य दिनानु दिन बढ्दै गएको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महँगो हो।

Saftey Pads

बिहीबार सुन प्रतितोला ९९ हजार रुपैयाँ र बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।

लकडाउनसँगै सुनको मूल्य आकासिएको हो। जेठ २५ गते सुनको नयाँ मूल्य तोकिएको थियो। त्यो बेला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

अन्य सम्बन्धित समाचार:  आहा! कमलको फूल पाईने भागेश्वर बगरकोट ताल (फोटो फिचर)
Maruti Cement