पाटन अस्पतालमा उपचार गराइरहेकी महिलाकाे काेराेनाका कारण मृत्यु

Prabhu Bank

Sagoon

काठमाडौं।

Saftey Pads

ललितपुरकाे पाटन अस्पतालमा उपचार गराइरहेकी एक ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अस्पतालले जनाए अनुसार उच्च रक्तचापको समस्याका कारण साउन ६ गते भर्ना भएकी ती महिलाकाे शुक्रबार उपचारका क्रममा मृत्यु भएकाे हाे।

वीरगन्जबाट काठमाडौं आएकी उनी रुघाखोकीकाे समस्या देखिएपछि जाँच गराउन स्टार अस्पताल गएकी र त्यहाँ उनकाे आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्निएकाे थियाे। आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो बुझिन आएकाे छ।

अस्पताल स्रोतले जनाए अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका अधिकांश सदस्यहरुको पीसीआर रिपोर्ट पोजिटिभ पाइएकाे थियो ।

अन्य सम्बन्धित समाचार:  भारतीय अभिनेता सञ्जय दत्त अस्पताल भर्ना: काेराेनाकाे शंका
Maruti Cement