शुक्रबार झापा र इलामका गरी १७ सशस्त्र प्रहरीमा काेराेना संक्रमण पुष्टि

Prabhu Bank

शम्भू दाहाल, झापा।

Saftey Pads

आज इलाम र झापाका गरी १७ सशस्त्र प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। सीमामा खटिएका सशस्त्र प्रहरी बल काँकडभिट्टाका १२ जना तथा इलामकाे सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत ५ जनासहित १७ सशस्त्र प्रहरीमा काेराेना पुष्टि भएकाे हाे।

यो।उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ रिपोर्ट अनुसार थप १२ जनामा पोजेटिभ देखिएको राईले बताइन्। तीझापामा ३२ सशस्त्र प्रहरीसहित ११७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पठाइएकोमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताइन्। यसअघि पहिला २ र त्यसपछि १८ गरी काँकडभिट्टाका २० सशस्त्र प्रहरीलाई संक्रमण देखिएको थि संक्रमित प्रहरीको सम्पर्कमा आएका अन्यहरुको पनि कन्ट्याक्ट ट्रेसिङ जारी रहेको स्वास्थ्य शाखा प्रमुख राईले जानकारी दिइन्। हिजो बिहीबार मात्र पाथीभरा गण पाडाजुंगीका तीन सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो।

अन्य सम्बन्धित समाचार:  पाटन अस्पतालमा कोरोनाबाट महिलाको मृत्यु

त्यसैगरी  इलाममा आज ५ संक्रमण देखिएका ५ सशस्त्र प्रहरी सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत रहेका र उनीहरु असार ११ गते स्वाब संकलन गरिएका १५ जनामध्ये रहेका ‍थिए। संक्रमितहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँमा लाने तयारी भइरहेको सशस्त्र प्रहरीको एक नम्बर गणका सुदिरजंग थापाले बताए। यसअघि पनि इलाममा कार्यरत ५ सशस्त्र प्रहरीमा संक्रमण देखिएकाे थियाे। आज ५ जना थपिएसँगै इलाममा कार्यरत सशस्त्र प्रहरीमध्ये संक्रमित हुनेकाे संख्या १० पुगेकाे छ।

Maruti Cement