सप्तरीमा एक प्रहरी सहित थप पाँच जनामा कोरोना

Prabhu Bank

शुभ नारायण यादव, सप्तरी।

Saftey Pads

सप्तरीमा एक प्रहरीसहित थप पाँच जनामा काराेना पुष्टि भएको छ। यससँगै जिल्लामा संक्रमितको संख्या ४७० पुगेको छ। यता थप भएका प्रहरीसँगै जिल्लामा ६ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले बताए।

संक्रमित प्रहरीमध्ये चार जना निको भएर डिस्चार्ज भइसकेकाे र एक जना आइसोलेसनमा उपचारत र नयाँ एक जनालाई आइसोलेसनमा ल्याउने तयारी रहेकाे जनाइएकाे छ। हिजो राति थपिएका संक्रमितहरुमा राजविराजस्थित प्रहरी तालिम इकाइ केन्द्रका ३० वर्षीय प्रहरी हवल्दार, राजविराज नगरपालिका वडा नम्बर ६ का ४५ वर्षकी महिला, त्यसै वडाका उमेर नखुलेका एक पुरुष, र वडा नम्बर नखुलेका २७ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको पीडा : उपचार नपाउँदा दुईले ज्यान गुमाए

यादवका अनुसार गए राति अबेर ३८६ जनाको स्वाब परीक्षणको रिपोर्ट प्राप्त भएको हाे। रिपोर्ट अनुसार थपिएका संक्रमितहरुमा एक प्रहरी, एक महिला, एक फलफूल व्यापारीसहित पाँच जना रहेको उनले जानकारी दिए। यसअघि सप्तरीको राजविराजका एक जना वृद्धकाे मृत्यु भएपछि नगरपालिकाले साउन ८ गतेदेखि अनिश्चितकालीन लकडाउन गरेकाे छ।

Maruti Cement