विराटनगर महानगरपालिकामा दुई साताका लागि फेरि लकडाउन



विराटनगर। शनिबारदेखि लागू हुने गरी विराटनगर महानगरपालिकामा दुई साताका लागि फेरि लकडाउन गरिएको छ। समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए। यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो।
अन्य सम्बन्धित समाचार:  बालुवाटारमा नेकपाका शीर्ष नेताहरुबीच छलफल जारी