डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास

Prabhu Bank

भावना पाैडेल, डडेल्धुरा।

Saftey Pads

डडेल्धुरा अस्पताल, डडेल्धुराले चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाएको छ। बिहीबार साँझ भएको दुर्घटनाका घाइते तथा अन्य बिरामीहरुको उपचार गरिरहेका बेला एक समूहले चिकित्सकमाथि हातपात गर्ने प्रयास गरेको भन्दै अस्पताल प्रशासनले कारबाहीको माग गरेको हो।

शुक्रबार विज्ञप्ति निकाल्दै अस्पतालले भनेको छ, ‘भिड हुनेगरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भिड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएकोमा अस्पताल प्रशासन, अस्पताल तथा बिरामीहरुको सुरक्षाप्रति संवेदनशील भइदिनहुन सबैमा अनुरोध गर्दछ। साथै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियमानुसार कारबाही गर्न प्रशासन समक्ष माग गरिसकेको जानकारी गराइन्छ।’

उता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको र दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए।

अन्य सम्बन्धित समाचार:  हिरासतमा थुनुवा मृत्यु प्रकरण: अनुसन्धानको माग गर्दै स्थानीय आन्दोलित

Maruti Cement