दार्चुलामा थप १६ जनामा कोरोना संक्रमण



किरण धामी,दार्चुला।

दार्चुलामा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको व्यास गाउँपालिकाका २, मार्मा गाउँपालिकाका १३ र लेकम गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ्क साहयक एवं सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए। जिल्ला बाहिरबाट आएकाहरुमा संक्रमण पुष्टि भएको  र उनीहरु क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए।

संक्रमण पुष्टि भएकाहरुको उमेर र क्वारेन्टाइनमा छन् वा छैनन् भनी विवरण संकलन भइरहेको सूचना अधिकारी कार्कीको भनाइ छ। जिल्लामा यसअघि कोरोना पुष्टि भएका २६ जना भने निकाे भएर घर फर्किसकेका छन् । योसँगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  दार्चुलाका ७ स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण